वीरगञ्ज ।। प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१२ बाइपास सडकखण्डबाट वीरगञ्ज महानगरपालिका-१६ बस्ने बब्लु पाठकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनले भारतबाट वीरगञ्जतर्फ चलाइ ल्याएको अवस्थामा ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीको इन्जिन माथिको बर्नटको दुबैपट्टिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल प्रहरीले बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका पाठकलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपक गिरिले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here