रौतहट ।। रौतहट गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । गढीमाईमाई नगरपालिका-८ धोबिनियामा जग्गाका विषयमा विवाद हुँदा दुई समूहबीच शनिबार गोली हानहान भएको हो। गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गोली लागेर धनगढीमाई नगरपालिका-८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ। घाइते भएका तीनै जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
गोली लागेका रायलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here