काठमाडौँ ।। आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरू भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












