रौतहट ।। रौतहट जिल्लाको गरुडा नगरपालिकामा भएको अनियमितताको विरुद्ध आवाज उठाउनेलाइ गरुडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जायसवालले नगरपालिकालाइ कार्यकर्त्ता भर्ती केन्द्र बनाएको भन्दै आवाज उठाउने स्थानीय गरुडा नगरपालिका वड़ा नम्बर ७ निवासी राम नारायण यादवको छोरा दीपक यादवलाइ इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।
निर्वाचित भए पछि मेयर जायसवालले योग्य दक्ष कर्मचारी हटाएर आफ्नो नाता गोता ,आफन्त ,पार्टी कार्यकर्त्तालाइ नियुक्ति गरी सरकारी रकमको चरम दुरूपयोग गरी भ्रस्टाचार गरेको भन्दै विरोधमा उत्रेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर प्रत्यासी समेत रहेका यादवलाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिए पछि गरुडाको अवस्था तनावग्रस्त बनेको छ ।
नगरपालिका द्वारा भए गरेको खर्चको पारदर्शिता हुनु पर्ने , १५० जना कर्मचारीको भर्ना प्रक्रिया सार्वजानिक गर्नु पर्ने लगायतका मांग राख्दै आफ्नो समर्थक सहित नगरपालिका पुगेका यादवलाई प्रहरीले पक्राउ गरेपछि समर्थक हरुले स्थानीय प्रहरी तथा नगर प्रमुख विरुद्ध प्रदर्शनमा उत्रेका हुन । गौर चन्द्रनिगाहपुर सड़क खण्ड अवरुद्ध गरेर यादवका समर्थकहरुले विरोध गर्न थालेपछि अवस्था तनाव ग्रस्त बनेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक छेदीलाल कमतीले नगर प्रमुख जायसवालको घर तथा नगरपालिका कार्यालयमा ढुङ्गामूढ़ा गर्नुको साथै अभद्र व्यव्हार गरेको आरोपमा यादवलाई पक्राउ गरेको दावी गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here