राम पुकार यादव/सिरहा ।। बिहिवार देखी शुरु भएको सामुदायिक बिदालयहरुको बार्षिक परिक्षामा अनुगमन तीब्र रुपमा बढाएको छ । सामुदायिक बिदालयहरुमा शुरु भएको कक्षा १ देखि नौ सम्म्को बार्षिक परिक्षामा बिष्णुपुर गाउँपालिकाले अनुगमन तीब्र रुपले गरेका छन ।
बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव सहित पालिकाको प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र महत लगायत वडा जनप्रतिनिधिहरुले शिक्षा सुधारको निम्ति अनुगमन तीब्र पारेको जनाएका छन । बिष्णुपुर गाउँपालिका स्थित जम्मा १४ सामुदायिक बिदालय रहेका छन । पालिका अध्यक्ष यादवले आफ्नो पालिकामा रहेको सम्पुर्ण सामुदायिक बिदालयहरुको शिक्षा सुधार तथा गुणस्तरीयता अभिबृदिको लागि आफुहरु जोडतोड्को साथ लागेको जनाएका छन ।
परिक्षाको दोस्रो दिन ३ गते श्री जमाबी राजपुर ,श्री लमाबी लक्ष्मिपुर लगायतका बिदालयहरुमा अनुगमन गर्दै यसरी बताएका हुन । अध्यक्ष यादवले आफु शिक्षा लाई प्रथम प्राथमिकता राखेपनी आन्तरिक तथा राजनीतिक खिचातानीको कारण शिक्षा बिकासको लागी गरेको प्रतिबद्धता कार्यन्वन गर्न अप्ठ्यारो भएको जनाएको छन । जेसुकै प्रस्थिती आएपनी खिचातानीलाई सन्तुलन पार्न प्रयास गर्दै अगाडी बढ्ने अठोट पनि लिएको जनाएका हुन ।
राज्यको थलो परेको शिक्षा ब्यबस्था कहिले सम्म सुधार हुने आम जनसमुदायहरुको प्रश्न रहिरहदा स्थानीय देखि प्रदेश सँघ सरकार सम्म मौन रहेको छ ।