काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज काठमाडौंको वसुन्धरास्थित पार्टी कार्यालयमा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकबाट प्रधानमन्त्रीको पक्षमा मत दिने निर्णय गरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
“हामीले सरकारको समर्थन कायम राखेका थियौँ । यसलाई कायम राख्ने निर्णय भयो । प्रधानमन्त्रीको पक्षमा मतदान गर्छौँ,” अर्यालले भने ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।