काठमाडौं ।। उपराष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहेको हो ।मतदानका लागि बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
लाइनमा महिला र पुरुष सांसदको लाइन छुट्टाछुट्टै रहेको छ ।
निर्वाचनमा संघीय संसद् प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गर्नेछन् । संघीय संसद्का ३३२ मतदाता रहेका छन् । प्रदेश सभाका ५५० जना मतदाता रहेका छन । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।
उपराष्ट्रपति निर्वाचनको मत परिणाम साँझसम्म सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका लागि चार उम्मेदवार रहेका छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दिएका हुन् ।
प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको बताए पनि निर्धारित अवधिभित्र उनले उम्मेदवारी फिर्ता नलिएकाले मतपत्रमा उनको नाम र तस्बिर भने रहेको छ ।
उपराष्ट्रपति चयनका लागि मतदान शुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।