राम पुकार यादव// सिरहा // बर्षभरी निजि बिदालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक विद्यालयमा दिने प्रवृत्तिले सामुदायिक विद्यालय घाटामा गएको छ । स्थानीय तहले सामुदायिक विद्यालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि विद्यालयहरुले सहजै रुपमा गरिरहेको छ ।
पालिकाको सार्वजनिक स्रोत साधन निजि विद्यालय र त्यसका बिद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक विद्यालय त्यस बिदालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन । हालै संचालनमा रहेका बार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक विद्यालयहरुमा निजि विद्यालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन ।
सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक विद्यालय राजपुरमा बार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन । ती निजि विद्यालयका विद्यार्थीहरु बाट बर्षभरि चर्को शुल्क विद्यालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक विद्यालयबाट दिलाएका छन । उनि सामुदायिक विद्यालयको बिद्यार्थीहरुले निशुल्क रुपमा पाउने कोपि किताबको सुबिधामा मात्र नभै सामुदायिक विद्यालयको शिक्षक गार्डहरु बाट सुबिधा पाएका छन । सामुदायिक विद्यालयको कोषबाट गार्डहरुले गार्ड भत्ता पाउने अनि निजि विद्यालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसा बाट खरिद गरिएको कोपि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक विद्यालयको लागि संकट हो । यसले राज्यले सामुदायिक विद्यालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ ।
यस बिषयमा सामुदायिक विद्यालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरणहुन बाट जोगाउन जोड दिनुपर्छ । निजि विद्यालयले सामुदायिक विद्यालयबाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ? अन्योलमा छन अबिभाकहरु । गाँजिएको शिक्षा ब्यबस्था जहाँ धेरै निजि बिदालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि विद्यालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन । पाँच कक्षा भन्दा बढिका बिद्यार्थी अबिभाकहरु सँग बर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यम बाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुल बाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन ।
अन्तिममा सामुदायिक विद्यालयहरुलाई गुहारछन । सामुदायिक बिद्ययाल र निजि बिधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन । सामुदायिक विद्यालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजिविद्यालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन । शिक्षामा देखिएको यश किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ ।
सामुदायिक विद्यालयमा परिक्षा दिने निजि विद्यालयका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक विद्यालयका शिक्षक या निजि विद्यालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि विद्यालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि विद्यालयको राज त हो यो । विद्यालय ब्यबस्थापन समितिको चुनावमा सामुदायिक विद्यालयमा यसले के असर पार्ला ?