राैतहट ।। राैतहटकाे राजदेवी नगरपालिका वडा नम्बर ९ स्थित श्री माध्यमिक विद्यालय ब्रह्मपुरीमा सञ्चालित DSS CREATIVE COMPETITION अन्तर्गतका विजेता विद्यार्थी तथा समूहलाई आज पुरस्कृत गरिएकाे छ ।

माध्यमिक विद्यालय ब्रह्मपुरीकाे सभाहलमा आज भएकाे एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएकाे छ । दिपेन्द्र सरीता श्रीवास्तव Creative competition काे सहयाेगकर्ता तथा यस विद्यालयकाे प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तवकाे सभापतित्वमा भएकाे कार्यक्रममा विजेता विद्यार्थी तथा समूहलाई कप,मेडल तथा कापीले पुरस्कृत गरिएकाे विद्यालयकाे खेलकुद संयाेजक नन्दकिशोर पंडितले जानकारी दिनु भयाे ।

प्रतियाेगिता अन्तर्गत कक्षा ४ देखि १० सम्मका छात्राछात्रहरूलाई कक्षागतरूपमा हाजिरजवाफ तथा छात्रछात्रालाई ६ समूहमा विभाजन गरि कबड्डी गराइएकाे थियाे । विद्यालयका सम्पूर्ण शिक्षक, स्थानीय अभिभावक , भद्रभलाद्मी , तथा विद्यार्थीहरूकाे सहभागिता रहेकाे साेही कार्यक्रममा शिक्षक सेवा आयाेगबाट प्राथमिक तहमा सिफारिस भएकाे शिक्षक आनन्द कुमार सिंहलाई सम्मान गरिएकाे थियाे । साे कार्यक्रमकाे सञ्चालन विद्यालयकाे अतिरिक्त क्रियाकलाप संयाेजक तथा सूचना अधिकारी राम विश्वास मुखियाले गर्नुभयाे ।
