काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता रहेको बताए ।
उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रका सामु अनेकन चुनौतीहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताए ।
उनले भने, ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता छ। राष्ट्रिय हितको प्रवर्द्धन गर्नेकुरा, देशभक्तिको रक्षा गर्नेकुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नेकुरा, राष्ट्रिय हीतको प्रवर्द्धन गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ। संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ। राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरुलाई एकतावद्ध भएर जानुपर्छ। यो कुरा राख्दै उहाँको प्रश्तावक म आफैँ भएकाले उहाँको विजयको शुभकामना दिन चाहन्छु।’आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा जानेछ ।
अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here