काठमाडाैं ।। नेकपा एमाले सहितको राष्ट्रिय सरकार बन्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । धनुषामा प्रदेश स्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले सञ्चारकर्मीसँग सरकार पुनर्गठनबारे छलफल नभएको बताए । एमालेलाई किन सरकारबाट किन निकाल्ने ? उनले प्रश्न गरे। अध्यक्ष नेपालले आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी गरे।राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारको प्रस्ताव भएकाले त्यसबाट पछि हट्न आफूहरूलाई नैतिकताले नदिने उनले बताए । राष्ट्रपतिको अवसर पाएर तपाईंले ठूलो अवसर गुमाउनुभयो भन्दैछन् एमाले नेताहरू भन्ने प्रश्नमा नेपालले भने, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोखा दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो ।
आफूले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित नठानेको पनि उनले बताए ।
एमालेसहित राष्ट्रिय सरकार बनाउनुपर्छ – माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।