रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबामा रहेको नेमधारी बासुदेव नमूना विद्यालयको शनिवार अभिभावक भेला संपन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिको गठन गर्न लागि विद्यालयले आव्हान गरेको अभिभावक भेलाबाट २ जना पुरुष र २ जना महिला सर्व सहमतिबाट चयन गरिएको हो ।
प्राध्यानध्यापक रबि शंकर यादवले दिएको जानकारी अनुसार अभिभावक भेलाबाट पुरुष तरफ राम गणेश प्रसाद यादव , सत्यरंजन प्रसाद यादव र महिला तरफ गीता देवी यादव र मालती देवी महतो छनौट भएको छ ।
शिक्षा प्रतिनिधि राजेश यादवको रोहबरमा भएको भेलामा सहभागी भएका अभिभावकहरुले विद्यालयको भौतिक पूर्वाधार र पठन पाठनको व्यवस्था प्रति खÞुशी व्यक्त गरेका थिए ।
मधेश प्रदेश भरीमा पुर्बाधारको विकाशमा नेमधारी बासुदेव नमूना विद्यालयको नव निर्मित भवन पहिलो स्थानमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले दावी गरे ।
उहाले भने मिहनत परिश्रम गरेर विद्यालयलाइ यहाँ सम्म पुर्याएको छू । १ हजार ८ सय विद्यार्थी रहेको विद्यालयको अध्यन अध्यापनको अवस्था जिल्ला मै उत्कृस्ट रहेको बताए ।
अभिभावक भेलामा वड़ाका निर्वाचित वड़ा अध्यक्ष विजय शंकर यादव , वड़ा सस्दय प्रमिला देवी ठाकुर , कार्यपालिका सदस्य पनालाल महतो , प्रदेश सभा सदस्य को प्रत्यासी राज किशोर यादव पूर्व संविधान सभा सदस्य रम्भा देवी यादव लगायत शिक्षक शिक्षिका संचारकर्मीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here