सांकेतिक तस्विर

काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई धोका दिएको बताएका छन् ।
आइतबार दिउँसो काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँले धोका दिन अप्ठ्यारो मान्नुहुन्न । उहाँले मलाई पनि धोका दिनुभयो ।’ २०६२/६३ सालमा जनयुद्धका नाममा हिंसाको अभियान सुरु गरेको र आफूलाई साथ दिने शहीद तथा बेपत्ताहरूलाई पनि धोका दिएको उल्लेख गर्दै उनले थपे, ‘बेपत्ता, शहीदहरूलाई त धोका दिने प्रचण्डजीले मलाई दिनु कुनचाहिँ ठूलो कुरा भयो र ?’
ओलीले जनयुद्धपछि लगातार सरकारमा रहँदा पनि प्रचण्डले बेपत्ता तथा शहीद परिवारका लागि केही नगरेको टिप्पणीसमेत गरे । ‘लामो समयदेखि जो सत्तामै छ, यति तिरन्तर ढङ्गले सरकारमा हुँदा पनि आफूलाई त्यो स्थानसम्म पुर्‍याउनेलाई चाहिँ केही छैन,’ उनले भने ।
ओलीले प्रचण्डसँग देब्रेतिर हेर्ने र दाहिनेतिर निशाना गर्ने बानी रहेको बताए । जोसँग मिलेर भए पनि सरकारमै रहनुपर्ने प्रवृत्ति प्रचण्डको रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘बिरालो किन्नु पर्दैन, दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ । प्रचण्डजी त्यो बिरालोजस्तै कसले कचौरामा कसले बढी दूध र भात दिन्छ, त्यतै जानुहुन्छ । यसैगरी, नै भए पनि उहाँ सत्तामै हुनुहुन्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here