तेह्रथुम ।। तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा हिजो राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीदेखि म्याङलुङ तर्फ खाना पकाउने ग्यास सिलिन्डर बोकेर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदल यात्री ६२ वर्षका दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रीत भएको ट्याक्टर सडकमुनी रहेको भान्सा घरमा खस्दा खाना पकाउँदै गर्नुभएका ७६ वर्षका हर्कमोती लिम्बूको मृत्यु भएको ट्राफिक प्रहरी जवान सन्तोष भुजेलले जानकारी दिनुभयो । घाइते लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइपु¥याउँदा मृत्यु भइसकेको जिल्ला अस्पतालका डाक्टर निरज यादवले बताउनुभयो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । अर्का पैदलयात्री दल बहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै फरार भएका चालक २२ वर्षका देशबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here