काठमाडाैं ।। टर्की र सिरियामा चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले गाँस, बास र पानी बिना बसिरहेका प्रभावितको जनजीवन थप कष्टकर बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । यसले उनीहरूको ज्यान झन् जोखिममा परेको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ । भूकम्प गएको एक सय घण्टा भन्दा धेरै समय बितिसकेकाले अब जिउँदै उद्धार हुने सम्भावना निकै कम रहेको भन्दै मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीले बताएका छन् । अहिलेसम्म २० हजारभन्दा धेरै मृत्यु भएको बीबीसीले जनाएको छ । समाचार संस्था सीएनएनले भने मृतकको सङ्ख्या २१ हजारभन्दा बढी पुगेको खबर लेखेको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।