जनकपुर ।। मधेस प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन् ।
उनले एमालेका बलबीर चौधरी र माओवादीका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए ।
जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका कुश्वाहा आइतबार आफ्नै पार्टीमा फर्केका हुन् ।
मधेस प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्। यससँगै मधेस प्रदेशमा जसपाको सांसद संख्या १९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here