काठमाडाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । तर सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने निर्णय पनि रास्वपाले गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यससँगै स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरूले आजै राजिनामा बुझाउने जानकारी दिनुभयो । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा सरकारमा हुनुहुन्छ । उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने भने नागरिकता विवादमा दोसी ठहर भएसँगै पदमुक्त हुनुभएको थियो । नागरिकता पुनःप्राप्तीपछि गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीसँग माग गर्दै आउनुभएको छ । तर तत्काल मन्त्री बनाउन नसकिने अडान प्रधानमन्त्रीले लिएपछि पार्टी नै सरकारमा नरहने निर्णय गरेको हो । सभापति लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताउनुभयो । उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा सभापति लामिछानेले सञ्चारमाध्यमहरूप्रति आक्रोस व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here