काठमाडाैं ।। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताउनुभएको छ । आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताउनुभएको हो । उहाँले अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय नगरिने कुराकानी भएको बताउनुभयो । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको र त्यही कायम रहने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री आफूहरूले पाउनुपर्ने अडान राखिरहेको छ। गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो। रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनः कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले अस्ति आइतबार नै नेपाली नागरिकता पुनः कायम गरिसक्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here