रौतहट ।। गाई र भैसीको बोसो प्रयोग गरी घ्यू बनाएर विक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापा मारेका छन ।
रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ जिल्ला प्रहरी कार्यालय देखि पूर्व तरफमा विगत ४ वर्ष देखि सञ्चालन रहेका फूल तारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो ।
खाद्य बस्तुमा अखाद्य पदार्थ मिसावट गरी दूध ,दही , घ्यू , मिठाई विक्री वितरण गरिरहेको प्राप्त भएको सूचनाको आधारमा प्रहरीले उक्त डेरी उद्योगमा छापामारी गरी पसल सील गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डेरी उद्योगमा छापामारी गर्ने क्रममा भारतबाट ल्याई राखेका १० क्यूंट्ल बोसो तथा केमिकल बरामद भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिएको छ ।
रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुर निवासी शेख अली महमदको छोरा ३० वर्षीय मोहमद मतीउल्लाहले सञ्चालन गर्दै आएको डेरीमा भैसीको बोसोबाट केमिकल प्रयोग गरी घ्यू , मिठाई , केक लगायतका खाद्य सामग्री त्यार गरी विक्री गर्दै आएकोमा प्रहरी ले खाने सामग्री त्यार गर्दै गरेको अवस्थामा छापा हानेको बुझिएको छ ।
हिन्दू हरुको धर्म नाश गर्ने उदेश्यले उद्योग संचालकले पशुको बोसो प्रयोग गरी दूध , दही घ्यू बनाएर विक्री गरेर सनातन धर्म संग खेलवाड़ गर्ने कार्य गरेकोले संचालक माथि कड़ा कार्यवाही गर्नु पर्ने स्थानीयहरुले मांग गरेका छन ।
उद्योग संचालक मोहमद मतीउल्लाह सहित २ जना काम गर्ने कामदार र एक जना महिलालाइ प्रहरीले नियंत्रणमा लिएर थप अनुसन्धानको कार्य अघि बढ़ाइएको प्रहरी उपरीक्षक वीर बहादुर बूढामगरले बताएका छन ।
रौतहट जिल्लामा रहेका विभिन्न बाजार हरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृति बढेको हो । बरामद भएको अखाद्य बस्तुलाइ परिक्षण गरी कÞानूनी कार्यवाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here