हुम्ला ।। भूकम्प आउने अफवाह फैलिएपछि कर्णालीका नागरिक रातभर जाग्राम बसेका छन् । आज बिहान १ बजेदेखि ६ बजेसम्म ठूलो भूकम्प आउने हल्ला फैलिएपछि हुम्ला, जुम्ला, मुगु लगायत जिल्लाका सर्वसाधारणहरू रातभर खेतबारी, विद्यालय लगायत खुल्ला स्थानमा आगो ताप्दै बसेका थिए । भूकम्पको हल्ला फैलाउने मानिसको स्थानीय प्रशासनले खोजी गरिरहेको छ । तर भूकम्पविद्हरूले भने भूकम्प आउने समयबारे कसैलाई पनि जानकारी नहुने भएकाले हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको मृत्यु समेत भएपछि नागरिक त्रासमा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here