काठमाडाैं ।। सरकार सूचना प्रविधि र त्यहाँ राखिएका तथ्याङ्कको सुरक्षाका लागि गम्भीर बन्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । सरकारी वेबसाईटहरूमाथि भएको आक्रमणले नेपालमा साईवर सुरक्षाको स्थिति चिन्ताजनक रहेको भन्ने पुष्टि गरेको विज्ञको धारणा छ । सीआईएनसँग कुरा गर्दै साईबर सुरक्षाका विज्ञ डा.राजिव सुब्बाले विश्वमा साईबर द्वन्द्व बढीरहेको अवस्थामा नेपाल पनि चनाखो बन्नुपर्ने बताउनुभयो । अस्ति जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरूमा एकैसाथ समस्या देखिएको थियो । सङ्घीय संसद सचिवालय र अध्यागमन विभागको ‘सर्भर’मा पनि समस्या देखिएको थियो । साईबर सुरक्षामा नेपाल निकै कमजोर रहेको भन्दै सुब्बाले सुधारका लागि तत्कालै काम गर्नुपर्ने बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।