काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपमहसचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् ।
प्रचण्डले प्रधानमन्त्री भएलगत्तै उनलाई राजनीतिक सल्लाहकार भएर आफूलाई सघाउन आग्रह गरेका थिए। तर गजुरेलले आफूलाई पार्टीमै जिम्मेवारी दिन भन्दै आएका थिए । गजुरेल प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए। गत निर्वाचनमा टिकट नपाएपछि गजुरेल प्रचण्डसँग असन्तुष्ट थिए। उनले पार्टी कार्यालयमा आफ्नो असहमति पत्र पनि बुझाएका थिए। उनी सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहन्थे तर उनको स्थानमा लेखनाथ दाहालले टिकट पाएर विजयी भए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।