काठमाडाैं ।। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता हुने कुरालाई निराधार भनेको छ।
मंसिर ४ को निर्वाचनपछि समानुपातिकतर्फ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा पुगेको उक्त पार्टीले अहिले नै माओवादीसँगको एकतालाई अस्वीकार गरेको हो।
पार्टीका महासचिव बेदुराम भुसालले शुक्रबार एक वक्तव्य निकालेर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा आफूहरु सहमत भए पनि माओवादीसँग एकताको कुरालाई असत्य भनेका हुन।
‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘यो प्रचार पूर्णतः निराधार हो , यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्द बनाउनुपर्ने आवश्यकतामा हामी प्रष्ट छौं। तर अहिले त्यसबारे निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही भएको छैन।’
उनले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको पनि उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here