रौतहट ।। मुलकको राम्रो योग्य जनशक्ति उत्पादको लागि लोक सेवा आयोगको तयारी कक्षा अतिनै महत्पुर्ण रहेको नेकपा एसका अध्यक्ष एवम् रौतहट क्षेत्र नं. १का नवनिर्वाचित सासंद माधव कुमार नेपालले बताउनु भएको छ ।
राजदेवी नगरपालिकाद्वारा लोक सेवा आयोग तयारी कक्षा संचालनको पुर्वसन्धयामा कक्षा उदघाटन तथा अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै, पूर्व प्रधानमन्त्री नेपालले, नेपाल सरकारको निति अनुसार लिदै आएको लोक सेवा आयोगको परिक्षाको पुर्व तयारी गरि परिक्षा दिनु विद्यार्थीहरुलाई उतिर्ण हुन सक्क्षमता प्रदान हुने भएकोले ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहज पहुच हुने गरि संचालन गरिएको तयारी कक्षा फलदायी हुने बताएका छन् । पुर्व प्रधानमन्त्री नेपालले, यस्ता जनमुखी कार्यक्रम संचालन गरेकोले राजदेवी नगरपालिकालाई धन्यावाद समेत दिएका छन् ।
आज सनिवार आयोजित निःशुल्क लोकसेवा आयोग तयारी कक्षाको उदघाटन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । राजदेवी नगरपालिकाको नगर उपप्रमुख राजकुमारी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रम श्री रामनरेश लक्ष्मण मा वि हजमिनियामा भएको थियो ।
५० दिने कक्षामा सहभागी सबैलाई जिल्लाका दक्ष प्रशिक्षकबाट कक्षा सञ्चालन हुने राजदेवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कायस्थले जानकारी गरानु भएको हो ।
तयारी कक्षा राजदेवी नपाका नगर प्रमुख भिखारी प्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थको विशेष सकृयतामा सञ्चालन हुन भएको हो । कक्षाबाट पालिकाभरीका १०२ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ । सहभागी सबै प्रशिक्षार्थीहरूलाई पालिकाले निःशुल्करूपमा खरिदारको पुस्तक समेत वितरण गरिएको हो ।
कार्यक्रममा गौर नगरपालिकाका मेयर शम्भु साह, इशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव भुदेव झा, जिल्ला हुलाक कार्यालय गौरको प्रमुख देवनाथ यादव, दुर्गाभगवति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, नेतृ सरला यादव, मावि हजमिनियाको प्रधानाध्यापक संजय कुमार यादव, जेभियर इन्स्टिच्युट गौरको लालबाबु चौधरी, रौतहट एफएमको समाचार प्रमुख राम विश्वास मुखिया लगायतको उपस्थित रहेको थियो ।।
संचालित कक्षाले मुलकको लागि राम्रो जनशक्ति उत्पादन संगै राजदेवी नपाका वेरोजगार युवा विद्यार्थीहरुलाई सरकारी सेवामा प्रवेश गराउन सहयोग पुग्नुको साथै रोजगारीको अवसरमा मद्दत पुग्ने बुझीन्छ ।

May be an image of 4 people and people sitting
May be an image of 8 people and people standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here