राैतहट ।। राष्ट्रपति विधा देवी भण्डारीले उदघाटन गर्नु भएका गजेन्द्र स्मृति अस्पताल आफैमा विरामी अवस्थामा रहेका छन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राजपा नेपालबाट प्रतिनिधि सभामा निर्वाचित भएका पूर्व मंत्री एवं सांसद अनिल कुमार झाले गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान तथा डिम्पल अनिल फाउनडेसनको नाउमा जग्गा खरीद गारी निर्माण गरिएको गजेन्द्र स्मृति अस्पताल उदघाटन भए पनि अहिले सम्म सञ्चालन हुन सकेका छैन । भारत सरकार , नेपाल सरकार र संघीय सरकारको लगानी समेत रहेको उक्त अस्पताल उदघाटन भए पछि सञ्चालनमा आऊँन सकेका छैन ।
संघीय समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी नेपालको साझा उम्मेदवारबाट २०७४ सालमा निर्वाचित भएका झा ले आफ्नो श्रीमती स्वर्गीय डाक्टर डिम्पल कुमारी झालाइ प्रदेश सांसदमा मनोनीत गरी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात विकास राज्य मंत्री बनाएका थिए ।
गजेन्द्र नारायण सिंहको नाउमा स्थापना गरिएको रौतहट जिल्लाको माधव नारायण नगरपालिका ३ स्थित गजेन्द्र स्मृति अस्पतालको २०७८ चैत्र २७ गते रामनामवीको अवसरमा राष्ट्रपति भण्डारी उदघाटन गरेका थिए ।अधुरो भौतिक संरचना निर्माण गरी झा ले हतार हतारमा उदघाटन गराएका अस्पतालमा विरामी उपचार गराउन जाने गरेका छैन । अस्पतालको नाउँमा आफ्नो निजी ट्रस्टको नाममा जग्गा खरीद गरेका निवर्तमान प्रतिनिधि सभा सदस्य झा ले श्रीमती क्यान्सर रोगबाट ग्रसित भएको कारण अधुरो निर्माण भएको अस्पताल उदघाटन गराएका थिए ।
उदघाटनको केहि दिन भित्र डाक्टर झा को निधन भएको थियो ।
अस्पतालको नाउमा आफ्नो निजी व्यवसाय सञ्चालन गर्दै आएका झा ले त्यसमा पोखरि खनेर माछा पालन गर्दै आएका छन । बाख्रा पालन समेत गर्ने गरेको सो अस्पताल चिकित्सक भए पनि विरामीको उपस्थति न्यून रहेका छन ।झा ले आफ्नो संसदीय विकासको रकम ,प्रदेश सरकारको कृषि अनुदानको रकम तथा भारतीय राजदुताबास मार्फत भारत सरकारबाट ल्याएको रकम सवै लगानी गरेको छ । निर्वाचित भएर आफ्नो फ्याक्टरीमा लगानी गरेका झा ले पराजित हुने डरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमाँ धनुषा क्षेत्र नम्बर ३ बाट ५ दलीय गठवन्धनको साझा उम्मेदवार भएर चुनाव लड्दैछन । अलपत्र अवस्थामा रहेका गजेन्द्र स्मृति अस्पतालमा ६ जना चिकित्सकको न्युक्ति रहेको छ ! एम् बी बी एस १ जना डाक्टर रुपेश साह , एच ए मा श्रीराम साह , अवधेश साह , उपदेश साह र सुमित झा रहेका छ ।
चिकित्सक पनि नियमित रुपमा अस्पतालमा आउने नगरेको स्थानियहरुले बताएका छन ।श्रीमान श्रीमतीको नाउमा फाउनडेसन खोलेर नेपाल सरकार , प्रदेश सरकार र भारत सरकारको रकम लगानी गर्ने झा तत्कालीन उद्योग मंत्री हुदा जुट मिलमा ६० लाख रकम अनियमितता गरेको भनी आरोप समेत लागेको थियो ।
निर्माणाधीन अवस्थामा रहेको उक्त अस्पतालको जग्गामा ठूलो ठूलो पोखरि निर्माण गरी माछा पालन तथा बाख्रापालन गर्ने गरेको देखिएको छ !
नेपाल सरकारको रकम अनियमिता गर्ने झा माथि नेपाल सरकारले छानविन गरी कÞानूनी कार्यवाही गर्नु पर्ने स्थानियहरुले मांग गरेका छन ।





