मोरङ ।। भोजपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभास्थलनजिक भएको बम विष्फोटमा परी नेकपा विप्लव समूहका एक जना घाइते भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भनिएको सभास्थलनजिकै बुधबार दिउँँसो करिब २ बजे विष्फोट भएको हो। यद्यपि दाहाल सो सभामा पुगेका थिएनन्। भोजपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरदकुमार थापाका अनुसार पौवादुङमा गाउँपालिका–२ स्थित तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो। उनका अनुसार सभास्थलबाट २ सय मिटरनजिक रहेको एक होटलअगाडि विष्फोट भएको थियो ।
विस्फोटमा परेर ‘विप्लव’ समूहका जनपत्रकार संगठनका सदस्य अरुण गाउँपालिका–४ चरम्बीका ३६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका हुन्। उनको बायाँ खुट्टामा चोट लागेको बताइएको छ। घाइतेलाई नियन्त्रणमा लिएर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
श्रेष्ठले पछाडि भिर्ने झोलामा बोकेको ‘टिफिन बम’ एक्कासि विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here