वीरगन्ज ।। अवैध रुपमा भारतबाट भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङगलबार छिरेका अहमदलाई नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएको यस बारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रनाउ गिरीले बताए ।
अवैध रुपमा भित्र्याइएको मतपत्रसहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here