चन्द्रपुर ।। रौतहट चन्द्रपुरमा दई दिने बिपद्, पर्व तयारी तथा प्रतिकार्य बारे क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । आरोही होटेमा नेपाल शिक्ष समह संचालन कार्यबिधि २०७९ सम्बन्धि स्थानिय तहको क्षमता बिकास तालिम मधेश प्रदेश शिक्षा समुहको आयोजनामा सुरु भएको हो ।
European Union र Unicef Nepal को आर्थिक सहयोग तथा नेपाल सरकार शिक्ष बिज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक सहायोग र राष्टिय समाज भकम्प प्रबिधि नेपालको सहजिकरणमा संचालित Supporting the response to the COVID 19 crisis in the education Sector : Strenthening Education Cluster at Federal, Provincial and Local Government कार्यक्रम संचालनमा रहेको स्थानिय तहहरुको सहभागीमा यो दुइ दिने कार्यक्रम संचालनमा रहेको छ ।
तालिममा बिपद्, जोखिम न्यूनिकरण तथा त्यसको ब्यवस्थापनका अवधारणा, नेपालमा शिक्षा र बिपद् जोखिम न्यूनिकरण सम्बन्धि नीतिगत तथा कानुनी ब्यवस्था, बृहत विद्यालय सरक्षा, आपतकालिन शिक्षा, अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
रौतहतका ८ स्थानिय तह, बाराका २ र सर्लाहीका १ गरी ११ वटा स्थानिय तहका सम्बन्धित ब्यक्तिहरु सहभागी भएका छन् । तालिममा प्रत्येक स्थानियतहका शिक्षा शाखा प्रमुख र शिक्षा समितिका एक एक जना गरी दुई जना सहभागी भएका छन् ।
तालिममा प्रशिक्षकको रुपमा सुशिल पण्डित, राम बहादुर माझी, कमल बहादुर बिश्वकर्मा, चन्द्र मोक्तान, रामबिनय कमार सिंह, रजनी महर्जन रहेका छन् साथै संस्थाको तर्फबाट बारा, रौतहटमा कार्यरत ३ जना पालिका क्लस्टर संयोजकहरु सहभागी रहेका छन् ।
नेपाल शिक्षा समूहको सदस्य तथा जिल्ला बिकास तथा समन्वय ईकाई प्रमख रामबिनय कमार सिंहको अध्यक्षतामा चन्द्रपुर न. पा. को उपनगर प्रमुख जयमाला चौधरी, कोलभी न. पा. को उपनगर प्रमुख लक्ष्मि कुमारी चौधरीले सम्बोद्धन गरी तालिमामा सबै सहभागीहरुबाट तालि बजाएर उद्घाटन गरियो । कार्यक्रममा उदघोषक पालिका कलस्टर संयोजक ईश्वर दत्त जोसी र कार्यक्रमका उदेश्य बिपद् जोखिम न्यूनिकरण अधिकृत सुशिल पंण्डितले गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here