रौतहट ।। गौर नगरपालिका , गरुडा नगरपालिका , चन्द्रपुर नगरपालिकाको सहकार्य तथा माण्डवी रौतहटको आयोजनामा एक दिवसीय जिल्ला तहमा प्रहरीहरु संग सुरक्षित बैदेशिक रोजगार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सदरमुकाम गौरमा संपन्न भएको छ ।
स्वदेशमा रोजगारी गरौ , बैदेशिक रोजगारीमा जानै नै भए सही सुचना लिएर र सिप सिकेर मात्र जाऊ भन्ने मूल नाराका साथ सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सञ्चालन रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरी कार्यालय विच सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा सहकारीका लागि सम्भावनाहरुको पहिचान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजक सस्थाका निर्देशक अन्जू झा को सभापतित्वमा संपन्न भएको सो अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले बैदेशिक रोजगारिमा एजेन्टको माध्यम बाट गएमा ठगीमा पर्न सकिने बताएका छन ।
उहाले नेपाल सरकारलेसीधे श्रम मंत्रालयबाट सम्पर्क गारी बैदेशिक रोजगारीमा जान सकिने व्यवस्था गरेकोले एजेन्टको प्रलोभनमा नपर्न आग्रह समेत गरे ।
बिदेशमा जानेहरुको अवस्था बाहिरि देखिनु भन्दा बढ़ी भित्री अवस्था कस्ट पूर्ण र पीड़ादायी हुने गरेको उल्लेख गरे । डीएसपी मल्लले विदेश भन्दा राम्रो आम्दानी स्वदेशमा नै रहेकोले स्वदेश मै सिप सिकेर व्यवसाय गरे मागण्य आम्दानी गर्न सकिने सुझाव दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका प्रहरी चौकी , इलाका प्रहरी कार्यालयका प्रमुख हरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here