काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको घोषणा पत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएका छन्।
झापा क्षेत्र नम्बर १ स्थित धुलाबारीमा बुधबार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘कांग्रेसको घोषणात्रप नै भाडाका बुद्धिजीवीले लेखिदिएका हु्न्। त्यही घोषणा पत्र उहाँहरुले नेपाली जनताबीचमा छर्नुहुनेछ’, उनले भने, ‘त्यो कुनै कांग्रेसको घोषणापत्र होइन।’ ओलीले यति लामो समय कांग्रेसले सरकारको नेतृत्व गर्दा कुनै समय राम्रो काम नगरेको पनि बताएका छन्।
‘कांग्रेसले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो यो काम गर्‍यौँ भनेर देखाउन्’, उनले भने, ‘हामीसँग सोधुन्, हामी मन्त्र पढे जसरी हाम्रा काम देखाउन तयार छौँ।’ उनले वृद्धवृद्ध, किशोर किशोरी, युावा र अशक्तका लागि कयौँ काम गरेको बताएका छन्।
‘सडक मार्गका लागि के गर्यौँ? अलपत्रका लागि के गर्यौँ? हामी काम देखाउँछौँ’, उनले भने, ‘किड्नीको परीक्षण र डाइलाइसिस निशुल्क बनयौँ तर कांग्रेसले पो त्यसमा दाबी गर्छ। हामीसँग घोषणा छ मन्त्रिपरिषद्को निर्णय छ तर कांग्रेसले पो त्यसमा दाबी गरिरहन्छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here