काठमाडाैं ।। देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन लागेको हो ।महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरूलाई खुवाउन सकिने मन्त्रालयले जनाएको छ ।सोही अवसरमा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ । सरकारले वि.सं. २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाको औषधि वि.सं. २०५६ बाट खुवाउन थालिएको हो ।‘राष्ट्रिय भिटामिन ‘ए र जुकाको औषधि’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।
देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।