काठमाडाैं ।। सरकारले ‘वाङमय शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर आज देशभर बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । जोशीको १०३ वर्षको उमेरमा गत आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।