वीरगन्ज ।। जिल्ला प्रशासन कार्यालय पर्सामा घूससहित एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर घुस रकमसहित कर्मचारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव छन् । उनको साथबाट सेवाग्राहीसँग लिएको घुस बापतको पाँच हजार रुपैया बरामद भएको अख्तियारले जनाएको छ । हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट डीएसपी हेम केसी नेतृत्वमा खटिएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको थियो । सोही क्रममा जग्गा रोक्काको फुकवा गरिदिने काम गर्न सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस बापत माग गरेको पाँच हजार रुपैयासहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार अख्तियारको टोलीले मुद्दा शाखाका कागजात परीक्षण गरेको थियो ।
घुस रकमसहित पक्राउ परेका यादवलाइ आवश्यक अनुसन्धान र कारबाहीका लागि अखित्यारको टोलीले हेटौंडा नै लिएर गएको छ ।
पर्सामा घूससहित एक कर्मचारी पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।