रौतहट ।। जीवन र मृत्यु संग जुधि रहेका नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव रविन्द्र मण्डलको उपचारको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखाले ५१ हजार रुपैया आर्थिक सहयोग गरेका छन ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले महासंघ तत्काल ५१ हजार रुपैया सहयोग गरेको बताएका छन । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले पीडि़त मण्डलका श्रीमती मंजू देवी मण्डललाइ चेक हस्तानांतरण गरेको छ ।
महासंघको संपन्न कार्य समितिको बैठकबाट सहयोगको लागि थप पहल गर्ने , माधव नारायण नगरपालिकालाइ आर्थिक सहयोग गर्न पहल गर्ने र बस धनिलाइ थप आर्थिक सहयोग पीडि़त परिवारलाइ गर्न आग्रह गर्ने निर्णय समेत गरेको अध्यक्ष झा ले जनाए ।
नेकपा एसका प्रदेश सभा सदस्य पदका उम्मेदवार विक्रांत विक्रम नेपालले मण्डलको उपचारकोलाइ ५० हजार , राजदेवी एफ एम् का स्टेशन मैनेजर इन्जीनीयर त्रिपुरारी गुप्ताले ११ हजार रुपैया तथा माधव नारायण नपा का प्रमुख तथा कर्मचारीहरुले व्यक्तिगत रुपमा १ लाख रुपैया आर्थिक सहयोग गरेका छन ।
जीवन र मृत्यु संघ संघर्ष गरिरहेका मण्डलले राजदेवी एफ एम् मा समाचार प्रमुखको रुपमा लामो समय सम्म काम गरेको थियो !
सधै हसिलो अनुहार , चंचल स्वाभाव भएका मण्डल आफ्नो जिम्मेवारी प्रति निकै बफादार रहने गरेको नगर प्रमुख साह ले जनाए । उहाले सके सम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
गंभीर अवस्थामा रहेका मण्डलको लागि रौतहट लगायत विभिन्न जिल्लाबाट व्यक्तिगत एवं सस्थागत रुपमा सहयोग गर्ने कार्य निरन्तर भई रहेको छ ।
आर्थिक सहयोग गर्ने इच्छुक व्यक्तिहरुले उहाको पत्नी मंजू देवी को नाउमा सिद्धार्थ बैंकमा सञ्चालन रहेको खता नम्बर ००२१५७३५२७० मा सहयोग रकम पठाउने गरेको छ ।
पत्रकारिता पेशामा आवद्ध रहेको बेला रौतहटमा छूटै पहिचान बनाएका मण्डलले सार्वजानिक कार्यक्रममा जादा आफ्नो स्वर बाट गीत गाएर मनोरंजन समेत गराउने गरेको थियो ।
सवैलाइ एक सामान नजरबाट हेर्ने मण्डल आज जीवन र मृत्युको बाटोमा आफ्नो अन्तिम सास लिइरहेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here