रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहटका पुर्व सचिव एवम् माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहेको रविन्द्र मण्डललाई माधवनारायण नगरपालिकाले विगतमा सहयोग गर्दै आएका र आज मिडिया तथा समाजिक संजालमा आएको खवर प्रति गम्भीर हुदै नगर प्रमुख बैधनाथ यादव बैजु र नगरपालिकाका कर्मचारीहरुले आ– आफ्नो व्यक्तिगत तर्फबाट नेपाल प्रादेशिक अस्पताल गौरमा पुगी उपचारका लागि नगद १ लाख सहयोग गरेका छन् ।
नगरप्रमुख बैजु प्रसाद यादव काम विशेषले वाहिर रहे पनि उहाँकै निर्देशन र कर्मचारीहरुको सहकार्यमा उपचारमा सहयोग हुने गरि एक लाख सहयोग गरेको नायव सुब्बा कृष्णन्दन यादवले बताउनु भयो । कृष्णन्दन यादवका अनुसार नगरपालिकाले विगतमा पनि सहयोग गरेकै हो र अगामी दिनमा पनि उहाँलाई सहयोग गर्ने मेयर बैजु यादव प्रतिवद्धता गरेका समेत बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here