रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ निवासी नीरज साहले विगत २३ वर्ष देखि निशुल्क शिक्षा दिदै आएको छ ।
गरीव जेहेनदार, दलित समुदायको बाल बालिकाहरुलाई २०५६ साल देखि साहले निशुल्क रुपमा ट्युसन पढाउदै आएको हो ।
आफ्नो घरमा ठाउको आभाव भए पनि साहले गौर राइस मिलको घरमा उक्त समुदायको बाल बलिकहरुलाई निशुल्क रुपमा अध्यन गराउँदै आएको हो । सामाजिक कार्यमा रूचि राख्ने साहले बाल विकाश देखि ८ कक्षा सम्मको बाल बालिकाहरुलाई थप शिक्षा दिदै आएको हो ।
समाजमा पिछडिएका बर्ग समुदायको बाल बालिकालाइ शिक्षामा अवब्ल बनाउने उदेश्यले आफुले यस्तो कार्य गर्दै आएको नीरज साह ले बताए ! गौर नगरपालिका वड़ा नम्बर १ निवासी ३० बर्षीय साहले २०५६ साल देखि यस्तो कार्य गर्दै आएको बताएका छन ।
आर्थिक आभावमा विद्यालय जान नपाउने बाल बालिकाहरुलाई प्राथमिकताको साथ शिक्षा दिने कार्य गर्दै आएको भने । उनले कपि ,कलम , सीसा कलम, किताब , इरेजर लगायतका शैक्षिक सामग्री समेत दिने गरेको जनाए ।
नेपाली ,अंग्रेजी ,विज्ञानं ,गणित ,सामाजिक व्याकरण , ग्रामर ,सहित सामान्य ज्ञानको बारेमा अध्यन गराउने गरेको साह ले बताए । बाल बालिका शिक्षा दीदा आफुलाई गौरव महसूस हुने गरेको साहले बताए । शिक्षा मानव जीवन को मूल आधार हो भन्ने उदेशिका साथ आफु लागेको बताए ।
२०५६ साल देखि २०६५ सम्म ४५० विधार्थी , २०६५ देखि २०७७ सम्म ३०० विधार्थी लाइ शिक्षा दीई सकेको र २०७९ सालमा १०० भन्दा बढ़ी बाल बालिका अध्यनरत रहेको बताए ।
शिक्षा , स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको रौतहट जिल्लामा बहुमत संख्यामा निशुल्क शिक्षा दिने व्यक्ति साह नै हो । बाल बालिका संग निकै लगाव राख्ने साह सरल स्वाभावका व्यक्ति रहेको बुझिएको छ । शिक्षाको स्तर उकास्नको लागि आफ्नो व्यक्तिगत तरफ बाट लगानी गर्ने युवा शिक्षक साहलाइ मधेश प्रदेश सरकार तथा स्थानीय तह बाट उचित सम्मन गर्नु पर्ने अवस्था रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here