रौतहट ।। गौर नगरपालिकाका शायाम दाल मलिमा संचान रहेको बृहत सवास्थ्य शिविरमा दोश्रो दिन अनुमान भन्दा तेवर विरामीहरुले उपचार तथा सेवा लिएका छन् । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको पहलमा संचालित उक्त बृहत निशुल्क स्वास्थ शिविरको आज दोश्रो दिन सम्म कुल ५ हजार ६ सय जना बिरामीहरुले उपचार गराएका आयोजकले जनाएको छ ।
आज दोश्रो दिन मात्रै ४ हजार १ सय ०२ जनाले सेवा लिएका छन । २ दिनमा करिव २७ लाख रुपैयाँ बराबरको औषधि निशुल्क रुपमा वितरण गरिएको तथ्यांक प्राप्त भएको हो । शिविरमा रौतहट जिल्ला सहित वारा र सर्लाहीका विरामहरुको पनि बाक्लो उपस्थितिमा उपचार तथा सेवा लिएका छन ।
शिविरमा प्राणघातक कैंसर रोगको उपचार समेत गरिएका छ । दुई दिनमा भक्तपुर कैंसर हौस्पीटलको कैंसर रोग स्पेस्लिस्ट डा. सन्दीप थापाले करिब ३० जना पिडितहरुको उपचार गरेर सहयोग गर्नु भएको छ । यस्ता शिविरले आम नागरिकलाई सहज रुपमा उपाचर हुने हुदाँ समय समयमा भै राख्नु पर्ने स्थानीयहरुको भनाई रहेको छ ।





