रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहटले गरेको स्वार्गिय पत्रकार मनोज चौधरी स्मृती पत्रकारीता पुरस्कार पत्रकारीता ईतिहासमा सम्मानको परमपराको शुरुआत भएको छ ।
रौतहटको पत्रकारीता निकै कमजोर पत्रकारीतको रुपमा रहेको भए पनि रौतहटले राम्रा पत्रकारहरु समेत जनमाएको यस पुरस्कारले प्रमाणीत गरेको छ । रौतहटबाट नेपाल पत्रकार महासंघ स्थापना काल देखि पत्रकारीता शूरुआत गरिनु र गोरखापत्रको सम्पादक हुन चानचुने कुरा होईन, त्यसैले त्यस्ता व्यक्तित्वलाई सम्मान हुन रौतहटलाई गौरवान्वित गराएको छ ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको हातबाट मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको हो । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ का प्रमुख अतिथि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारिता समाजका परिवर्तनका लागि गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
उनले पत्रकारितालाई प्रभावकारी बनाउन सत्य, तथ्य समाचार प्रकाशन गर्न आग्रह गरे । सोही अवसरमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले २५ हजारको पुरस्कार राशिसहित प्रमाणपत्र गोरखा पत्र दैनिकका नायब कार्यकारी सम्पादक मिश्रलाई प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा स्वागत मन्तव्य महासङ्घका केन्द्रीय सदस्य शिवपुरीले गरेका थिए । गत वर्ष कोरोनाको कहरबाट मधेस मसाला एफ एमका सञ्चालक मनोज चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । यस कार्यकोलागि नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सहित सम्पूर्ण टिमलाई हार्दिक बधाई ।





