रौतहट ।।पछिल्लो गौरका सरकारले गरेको गल्ती सुधार्न नै धैधै परि रहेको गौर नगरपालीकाका नगर प्रमुख शम्भु साहले बताउनु भएको छ । आफुले चुनावको समयमा जनता संग तिन ओटा झुलुङे पुल तिन महिनामा बनाउने वाचा गरेका थिए तर पुर्व मेयर अजय गुप्ताको अकर्मयताले गौरलाई झुलुङे पुल निर्माता “हेल्बीटास“ ले कालो सुचिमा राख्दा बाचा पुरा गर्न कठिनाई हुदै आएका मेयर साहको भनाई रहेको छ ।
गौर ५ मा रहेको बरहवा तालको तिनकुनेमा पुर्व मेयर अजय गुप्ताद्वारा ३५ लाख रुपैया पेश्की दिएर पनि अलपत्र पारिएको झुलुङे पुलको निर्माण नभएको कारण दातृ निकाय “हेल्बीटास“ ले गौर नगरपालिकालाई कालो सुचिमा राखेको हो । नगर प्रमुख शाहले, मैले वाचा गरे अनुसार तिन झुलुङे पुलको निर्माण अगाडी बढदाँ हेल्वीटास गौर नपालाई नै कालो सुचिमा रखेको अवस्थामा झुलुङे पुल निर्माणको काम बन्द रहेको कारण आफुले जनता संग गरेको बाचा समयमै पुरा गर्न नसकेको दु्खेसो पोखे ।
नगरप्रमुख साहले दातृनिकाय “हेल्बीटास“ को कालो सुचिबाट गौर नपालाई हटाउन धेरै कठिनाहरुको सामना गर्दै पुनः उक्त बरहवा तालको तिनकुने झुलुङे पुलको बाकी रहेको अधुरो निर्माण सम्पन्न गराउन गौर नगरपालिकाले करिब २८ लाख रुपैयाँ बराबरको नया टेन्डर प्रक्रिया आह्वान गरेको हो ।
अधुरो झुलुङे निर्माण संगै गौरमा थप विभिन्न स्थानमा झुलुङे पुल निर्माण गराउने बाटो फुकुवा हुनेछ । पुर्व सरकारको यस्ता कैयै योजनाहरुलाई अपत्र पारिनुको साथै व्यापक भ्रष्टाचार गरेको विभिन्न फाईलहरु अध्ययन गर्दा बुझिएको मेयर साहले संगम खवरलाई बताए । त्यस्ले गर्दा आफुलाई जनताको काम गर्न धेरै समस्याहरुको सामना गर्नु परि रहेकोले विस्तारै आफुले जनता संग गरेको सम्पूर्ण वाचाहरु पुरा गर्ने बताए । यो टेन्डर प्रकृया संगै गौर वानेश्वर स्थानको पश्चिम पटि लालबकैया नदिको झुलुङे पुलको समेत टेन्डर प्रकृया अगाडी बढने मेयर साहले बताए ।
Home प्रदेश समाचार मधेश प्रदेश गौरलाई बदनाम हुने गरि कालो सुचिमा राखेको झुलुङे पलको मेयर साहले गराए...





