रौतहट ।। देश संगै रौतहट जिल्लामा पनि चुनाव लागेको छ । जतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । रौतहटका मधेशको राजनीतिक दल संग लामो समय आवद्ध भएकाहरुले पहिलो पटक उम्मेदवारी घोषणा गर्दा चर्चामा आएका छन् ।
लामो समयको राजनैतिक यात्रा यसपाली प्रत्यक्ष चुनाव लड्न उत्तिकै अग्रसर देखिएका छन् । मधेश राजनितिककर्ता, लेखकको रुपमा आफ्नो पहिचान बनाई सकेका व्यक्तिहरु पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।
मधेशी आन्दोलनको युद्धाको रुपमा लामो समय देखि राजनितिमा लागेका ललित मल्लिक सानुले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेश सदस्यका लागि चुनाव लड्ने तयारीमा छन् । उनले उनलाई जनमत पार्टीले रौतहट क्षेत्र नं. १ (क)बाट उम्मेदवारको रुपमा सारेको हो । आउदो चुनावका लागि उनी मधेस प्रदेशमा नयाँ अनुहार हुन् ।
त्यस्तै, मधेसी राजनीतिमा लामो सयम सक्रिय रहेका श्रीमननारायण मिश्र (रौतहट) पछिल्लो समय स्वतन्त्र भएर लेखन तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् । राजनीतिबाटै ‘फ्रस्टेड’ भइसकेका उनी यसपटक आफै उम्मेदवार बन्ने दौडमा छन् । सुरुमा स्वतन्त्र रुपमै उम्मेदवार बन्ने घोषणा गरेका उनी पछिल्लो समय हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी नेपाल सद्भावना पार्टी नेपालका संस्थापक गजेन्द्रनारायण सिंहसँगसमेत काम गरेका भए पनि अवसरबाट भने जहिले पनि बञ्चित हुँदै आइरहेका थिए । यहाँसम्म कि उनलाई पार्टीबाट चुनाव लड्नसम्म टिकट दिइएको थिएन । उनी यसपटक रौतहट–१ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने तयारीमा छन् ।
मधेशी राजनितिका दुई नयाँ चेहरा जस्को उम्मदवारी घोषणाले चर्चा पाए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।