काठमाडाैं ।। दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिए पनि रौतहटका सदरमुकाम गौर भन्सारमा चहलपहल देखिएको छैन । कोभिड–१९ महामारीको समय देखि बन्द भएको नेपाल भारत सीमा क्षेत्रमा चल्ने सवारीबाहक अटोरिक्साहरु संचालन नहुँदा स्थानीय बासिन्दाहरु निकै सास्ती खेप्दै छन् । सीमा क्षेत्रमा ओहरदोहर गर्ने अटोरिक्साहरु संचालन नहुँदा किनमेल गर्ने देखि लिएर उपचार गराउन जाने वा आफन्त कहाँ जाने तथा भारत र नेपालको विभिन्न स्थानमा काम गरेर फर्किनेहरु अहिले निकै सास्ती खेप्दै आएका हुन् ।
गौर बैरगनिया गर्ने सर्वसाधारण देखि लिएर हुनेखाले यात्रुहरु सवारी साधन नचल्दा पैदल सामान लिएर आउदा निकै कष्ट भोग्नुपरेका कारण चहलपहल कमै देखिएको छ । यस पटक चाडपर्वसँग सम्बन्धित वस्तु आयात घटेको हो । त्यस माथी सरकारले यस बर्ष एलसी खोल्नमा कडाइ र केही वस्तुको आयातमा पूर्णबन्देज लगाएपछि असर देखिएको छ । अघिल्ला वर्षमा यी चाडपर्व नजिकिएसँगै लत्ताकपडा, दीपावलीको बत्ती, मदिरा, तास, जुत्ता र ड्राइफुड्सलगायत वस्तुको आयात हुँदा गौर भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । पारीबाट सीमा क्षेत्रको बैरगनिया हुँदै गौर आउने यात्रु र सामान किनमेल गर्न जानेहरू काँध, टाउकोमा सामान बोकर ल्याउने र आउने गर्नुपर्ने विवशता कायम रहेको छ । बिरामीले समेत पैदलै सीमा पार गर्नुपर्छ । भारतीय बैरगनिया बजारबाट यात्रुलाई सीमा क्षेत्रभन्दा केही वर नै ल्याएर भारतीय इ–रिक्सा, टेम्पोले छाड्दिन्छन । त्यहाँबाट झन्डै आधा किलोमिटर सम्म यात्रु पैदलै हिँड्न बाध्य हुन्छन । वारी गौर भन्सार गेटभन्दा एक सय मिटर वरै तीनपांग्रे सवारीसाधन रोकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here