काठमाडाैं ।। शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’को टिकट बुकिङ क्युएफएक्स चेनलगायतका हलहरूले बिहीवार दिउँसोसम्म खुलाएका छैनन् ।
विदेशी चलचित्रको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली चलचित्रको बुकिङ खुला नगरिएकोप्रति निर्माता, निर्देशक एवं चलचित्रकर्मीहरूले आवाज उठाइरहेका छन् । चलचित्र क्षेत्रका दुई संस्थाले पनि यसमा गम्भीर आपत्ति जनाएका छन् ।
नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । निर्माता संघले नेपाली चलचित्रलाई बारम्बार पेल्न र हेप्न खोजिनुको ठोस कारण प्रदर्शकहरूले दिनैपर्ने माग गरेको छ ।
निर्माता संघका अध्यक्ष नवल खड्काद्वारा जारी विज्ञप्तिमा भोलिदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समान हैसियतको शो र अग्रिम टिकट बुकिङको वातावरण बनाई दिन अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाली चलचित्रप्रति तपाईंहरूले देखाउनुभएको निन्दनीय व्यवहारविरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भई निरन्तर संघर्षमा उत्रिने छौँ ।’ निर्देशक समाजले पनि नेपाली चलचित्रको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ ।
निर्देशक समाजका महासचिव जनकदीप पराजुलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिन्दी चलचित्रको सेन्सर भएको छैन भनि विभिन्न कारण देखाई समयमै सेन्सर भैसकेका आउने शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्रको टिकट बुकिङ खुला गर्न ढिलाई गर्नु खेदजनक छ ।’
निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाई नै हत्तोत्साहित पार्ने गैर जिम्मेवारीपूर्ण उक्त कार्यहरूलाई बन्देज लगाउन चलचित्र विकास बोर्डलाई आग्रहसमेत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here