रौतहट।। रौतहटको गौरमा भदौ २४ गते देखि तीन दिने निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालद्वारा गौर नगरपालिका ६ स्थित श्यामा श्री उद्योग दाल मिलमा विहिवार राति ८ बजे भएको पत्रकार सम्मेलन मार्फत तीन दिने निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको बताईएको हो ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै गौर नगरपालिकाको मेयर शम्भु साहले विभिन्न रोगका विशेषज्ञहरू , ल्याव, इसिजि,एक्सरे लगायतको विरामीलाई परिक्षण गरेर औषधी वितरण गरिने, २ बजे सम्म विरामी दर्ता रजिस्टारमा नाम दर्ता गर्न सकिने, हर्निया र हाइड्रोशिलको सर्जरी गरिने उनले भने ।
५६ जना विशेषज्ञहरू आईसकेको हुदा गौर नगरपालिकाको लागि नभई जिल्लाको कुनै पनि स्थानबाट आउने विरनमीलाई उपचार गरिने बताए । यो शिविर रौतहटबासीको आफ्नै रहेको हुदा यसमा कुनै राजनीतिक करण नगरी स्वास्थ्य सेवाको फायदा उठाउन हार्दिक अपिल गरे ।
शुक्रबार विहान नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उदघाटन गरिने कार्यक्रम रहेको बताईएको छ ।
शिविरको तयारी पूरा, हर्टका बिरामीहरुको लागि महत्त्वपूर्ण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।