रौतहट ।। नेपाल कम्युनिस्ट पार्टी एमाले रौतहट क्षेत्र नम्बर ३ को क्षेत्रिय समन्वय समितीको कटहरियामा आयोजीत भेलाले प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह र प्रदेश सभा ३ खको लागि कुन्दन कुशवाहाको एकल नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ३ का सम्पुर्ण नेता कार्यकर्ताहरुको प्रस्तावमा साह र कुशवाहाको एकल नाम सिफारिस गरेको कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी गराउनु भयो ।
मंसिर ४ गते हुने चुनावको लागि रौतहट क्षेत्र नम्बर ३ मा साहको नाम सर्वसहमतिले पारित भएको बताए । प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ क मा टुंगो लागेको छैन् ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ३ ख मा केन्द्रीय सदस्य कुशवाहाको एकल नाम सिफारिस गरेको युवा नेता बिजय यादव निर्बिजले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here