रौतहट ।। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रिय समितीको भेलाले राष्ट्रिय अध्यक्ष माधव कुमार नेपाललाई प्रतिनिधि सभाको लागि उम्मेदवारीको रुपमा सर्व सहमतिबाट सिफारी गरिएको छ ।
एसमाजवादीका केन्द्र सदस्य ईन्द्रकुमार झाको अध्यक्षतामा सम्पन्न भेलाले क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको लागि माधव कुमार नेपाललाई एकल नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ को कार्यकर्ताहरुको भेलाले प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर १ क मा ईन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्त विक्रम नेपाल, राजेन्द्र साह र शिवजी प्रसाद रायको नाम सिफारिस भएको नेता विक्रान्त विक्रम नेपालले बताउनु भयो । त्यस्तै प्रदेश सभाको समानुपातिक तर्फ निलम पासवान, रामआधार सिंह, मो. मकसुद राँकी, जहामीर राँकी, मधु सिंह, दिनेश यादव, गिता देवी कुशवाहा, मनरवा देवी पासवान र वसकित राय यादवको नाम सिफारीस गरिएको हो ।
त्यस्तै रौतहट क्षेत्र नम्बर १ खको प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम सिफारिस भएका छन् भने प्रदेश सभा समानुपातिक तर्फ हरिनारायण राय यादव, सिमा देवी, दिनेश राम, रामनरेश प्रसाद यादव, सिता देवी साह, चन्द्रकला यादवको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here