काठमाडाैं ।। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज तेस्रो पटक बयान लिँदैछ । बयान नसकिएकाले आज पुनः बयान लिन लागेको हो ।यसअघि यही भदौ १५ र १६ गते समितिले जबराको बयान लिएको थियो । बयानकाक्रममा प्रश्न केन्द्रीत छलफल गर्ने सहमति भएको समितिका सदस्य रेखा शर्माले बताउनुभयो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ जबराले दिनुभएको छ । जबराले संसद पुनस्र्थापनाका क्रममा स्वभाविकभन्दा बाहिरका गतिविधि भएको दाबी गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here