काठमाडाैं ।। नेपालमा आज थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजोको आज सङक्रमितको सङ्ख्या बढेको हो । हिजो जम्मा २८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गरिएकोमा पीसीआर परीक्षणबाट ४०५ र एन्टिजेन परीक्षणबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ९३ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९६ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३८ हजार १५ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ५ करोड ७ लाख १६ हजार ५ सय ३१ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १९ लाख २१ हजार ७ सय ४८ जनाले एक मात्रा, २ करोड १२ लाख ५२ हजार १ सय ४१ जनाले पूर्ण मात्रा र ७५ लाख ४२ हजार ६ सय ६ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here