काठमाडाैं ।। अमेरिकाको रोग नियन्त्रक तथा रोकथाम केन्द्रले कोरोनाविरुद्धको नोभाभ्याक्स खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । केन्द्रका अनुसार यो खोप १२ देखि १८ वर्ष मुनिका किशोर किशोरीलाई लगाउन सकिने छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापनले गत साता नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिका किशोरकिशोरीलाई लगाउन सकिने भनेर सिफारिस गरेको थियो । प्रोटिनमा आधारित यस भ्याक्सिनलाई अमेरिकामा वयस्कहरूमा लगाउन सकिने भन्दै गत जुलाई महिनामै आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो । योसँगै १२ देखि १८ वर्ष मुनिका किशोरकिशारीका लागि लगाउन मिल्ने तेस्रो खोप नोभाभ्याक्स बनेको छ । यसअघि मोडर्ना र फाइजर खोप सो उमेर समूहका लागि प्रयोगमा थियो ।





