चञ्चल झा
रौतहट । रौतहट । राैतहट जिल्लाकाे जेठाे नगरपालिका गाैर नगरपालिकाका नगरप्रमुखले नगर भरिकै गरिब, विपन्न तथा दलित परिवारकाे बिजुली बिल नगरपालिकाले व्यहोर्ने घाेषणा गर्नु भएको छ । गाैर नगरपालिकामा बसाेवास गर्ने निम्न आय स्राेत भएका गरिब,विपन्न तथा दलित समुदायहरुलाई २०७९ साउन १ गते देखि लागू हुने गरि ३० युनिट सम्म खपत भएमा सम्बन्धित व्यक्तिकाे ईच्छा अनुसार बिजुली बिल नगरपालिकाले तिर दिने नगर प्रमुख शम्भु साहले बताउनु भयाे । गरिब,विपन्न तथा दलित परिवारलाई लक्षित गरि नि शुल्क विद्युत योजना नयाँ आ. व. को शुरुवात संगै लागु गरिएको बताउदै नगर प्रमुख साहले साउन महिना देखि ३० युनिटसम्म विद्युत खर्च हुने परिवारको महसुल गौर नगरपालिकाले तिर्ने बताउनु भयाे | यदि ३० युनिट भन्दा बढी भएमा सम्बन्धित व्यक्तिले स्वयं बिल तिर्नु पर्ने बताईकाे छ ।
निशुल्क विद्युत योजनाको लाभ लिन २०७९ आषाढ मसान्तसम्मको बिल भुक्तानी गरेको हुनु पर्नेछ | ३० युनिट भन्दा बढी खपत हुने सेवाग्रहीको हकमा यो सहुलियत तत्काल लागु नहुने नगरपालिकाले जनाएकाे छ | यो सुविधा लिन साउन महिनाको विललाई मिटर रिडिंग भए लगतै सम्बंधित वडा कार्यालय वा गौर नगरपालिकामा जम्मा गराउन गौर नगरपालिकाले अनुरोध गरेकाे छ । जनताकाे आवश्यकतालाई महसुस गर्दै नगर प्रमुख साहले गरेकाे यस्ता किसिमकाे घाेषणाकाे चाैतर्फी प्रशंसा हुँदै छ । साथै नगरमा खुशियाली छाएको छ ।
३० युनिट सम्मकाे बिजुली बिल गाैर नगरपालिकाले तिर्ने :- मेयर साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।