रौतहट ।। रौतहटको गौर नगरपालिकाले संचालन गरेको जनता दरवार सार्वजनिक सुनावाइ कार्यक्रमले नगरको विकासमा जनताको प्रत्येक्ष सहभागीता हुने देखिन्छ ।
गौर नगरको पुर्ण बिकासमा जनतालाई प्रत्यक्ष सहभागीता गराउने उदेश्यका साथ संचालन गरेको कार्यक्रमले जनमानसमा सकारात्मक प्रभाव पारेको छ।
गौर नपाका मेयर शम्भु साहले आज सनिवार गौर ८ पुरेनवामा गरेको जनता दरवार सार्वजनिक सुनावाइ कार्यक्रममा पुरेनवामा बन्न लागेको चिल्ड्रेन पार्कको लागि सहमति जुटाउने प्रयास प्रयास गरिएको देखियो ।
बितेको आ.ब. २०७८/७९ मा निर्माण गर्न गरिएको टेन्डर बिरोधको कारण उक्त पार्कको रकम फ्रिज भएपछि टोलमै दुई मत देखिएको छ मेयर साहले बताए । एक पक्ष चिल्ड्रेन पार्क कुनै पनि हालमा बन्नु पर्ने अडानमा छन भने अर्को पक्ष चिल्ड्रेन पार्क निर्माण पछि छठ पर्व गर्न ठाउँ अपुग हुने कारण देखाएका थिए | यस्ता विकासका कार्यलाई जनताको चाहना अनुसार नै निर्माण हुनेछ बताउदै मेयर साहले सबैमा सहमति गर्न अनुरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here